काठमाडौं : जनरल धीरज सेठ भारतको नयाँ सेना प्रमुख बनेका छन्। उनले आज (जुन ३० तारिख) भारतको नयाँ सेना प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
उनी भारतको ३१औँ सेना प्रमुख बनेका छन्। ४० वर्षभन्दा बढी समय भारतीय सेनामा सेवा गरेपछि अवकाश प्राप्त जनरल उपेन्द्र द्विवेदीको स्थानमा जनरल सेठ आएका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार जनरल सेठ राष्ट्रिय रक्षा एकेडेमी (एनडीए), खडकवासलाका पूर्वछात्र हुन्। उनी डिसेम्बर १९८६ मा आर्मर्ड कोर्प्समा कमिसन भएका थिए।
सेना प्रमुख हुनुअघि उनले उपसेना प्रमुखका रूपमा पनि काम गरेका थिए।








