काठमाडौँ : नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल २० डिजेल तथा मट्टीतेल ३० र हवाई इन्धन ४० रुपैयाँ प्रतिलिटर घटाएको छ।
खाना पकाउने एलपी ग्यास १ सय रुपैयाँ प्रतिसिलिन्डर घटेको छ। मूल्य घटेपछि पेट्रोल १ सय ९७, डिजेल तथा मट्टीतेल १ सय ९५ र आन्तरिक हवाई इन्धन २ सय २९ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास २ हजार ६० रुपैयाँ प्रतिसिलिन्डर कायम भएको छ।






