काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हँदैछ ।
आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो । उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन् ।





