काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुशासन आयोगको प्रमुख तोकेको छ ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहणपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गरेको हो ।
पौडेल पूर्वन्यायाधीश हुन् । रास्वपा नेता हरि ढकालका अनुसार बैठकले लेखा र निर्वाचन आयोग विघटन गरेर पुरानै नेतृत्वलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
त्यस्तै, महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलगायत सबैलाई बैठकले धन्यवाद दिएको छ । यसैगरी लेखा आयोग प्रमुखमा अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुखमा भुवन केसीलाई निरन्तरता दिइएको छ ।





