सिल प्याक पानीको बोतलभित्रै भेटियो छेपारो

२०८३ असार १७, बुधबार

काठमाडौं : सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र छेपारो भेटिएको छ ।

पानीमा छेपारो भेटिएपछि ‘ऋषि जल’ नामक प्रशोधित पानी उत्पादन गर्ने केवी एण्ड सन्स नेपाल कम्पनीलाई इलाका प्रशासन कार्यालय लहानले २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

इलाका प्रशासन कार्यालयका अनुसार गत असार १० गते लहान नगरपालिका– ३ स्थित ‘न्यू भान्जा होटल’ मा उक्त कम्पनीले वितरण गरेको पानीको बोतलभित्र छेपारो देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार