विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज

२०८३ असार १९, शुक्रबार

काठमाडौं : सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गरिएको रिट खारेज गर्ने फैसला सुनाएको छ ।

पौडेलकी श्रीमती दोमाया पौडेलले असार १० गते सर्वोच्चमा गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् । साे रिटमा सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार रिट खारेज गर्ने अन्तिम निर्णय सुनाएको हो । आजैमात्र पौडेललाई विशेष अदालतले अनुसन्धानका लागि थप ६ दिन म्याद दिएको थियो ।

पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ सुर्खेतबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार