काठमाडौं : गृह मन्त्रालयले ४२ उपसचिवको सरुवा गरेको छ। सरुवामा ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।
ताप्लेजुङ, हुम्ला, सोलुखुम्बु, रुकुम पूर्व, रसुवा, मुगु, मनाङ, कालिकोट, दार्चुला, जुम्ला, डडेल्धुरा लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।
ताप्लेजुङमा उमेश कुमार दाहाल, हुम्लामा भोलानाथ गुरागाई, सोलुखुम्बुमा कमानसिंह थापा मगर, रुकुम पूर्वमा काोपिला राई, रसुवामा नरेन्द्र परियार, मुगुमा पोषणराज भण्डारी, मनाङमा मुक्तिनाथ खनाल, कालिकोटमा झविलाल भट्टराई, दार्चुलामा वर्तराज पौडेल, जुम्लामा तेजप्रकाश प्रसाई र डडेल्धुरामा मीना अर्याललाई सिडिओका रुपमा खटाइएको छ।








