संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

२०८३ असार २२, सोमबार

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लामो इतिहास बोकेको संविधानमाथि अनावश्यक छेडखानी राम्रो नहुने बताए ।

उनले भने, ‘संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनिभूत संवाद हुन सकेकै छैन । संविधानको सङ्घीयतामाथि, हामीहरूले राज्यको संरचनाको परिकल्पना गरेका छौँ, हाम्रो उपस्थिति खोजेका छौँ, त्यसमाथि छेडखानी भएको छ ।’

संविधानमा भएका हिमाल, पहाड, तराई, मधेशभित्रको संवेदनालाई नजरअन्दाज गर्न नहुने भन्दै आङदेम्बेले उनले सरकारले संविधान संशोधनको लागि बनाएका कार्यदल अपरिपक्व भएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार