काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका ३० जना अभियुक्तमध्ये ७ जनालाई सफाइ र बाँकी सबैलाई दोषी ठहर गरेको छ । यस प्रकरणमा जोडिएका दुई पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई पनि अदालतले दोषी ठहर गरेको छ ।
तीन कसुरमध्ये अदालतले संगठित ठगीमा टोपबहादुर रायमाझी कसुरदार ठहर गरेको छ । यस्तै, खाँणलाई ठगी तथा संगठित अपराधको मतियार भएको ठहर गरेको हो ।








