वीरगन्जबाट लमजुङ जाँदै गरेको बस दुर्घटना

२०८३ असार २४, बुधबार

काठमाडौँ :  वीरगन्जबाट लमजुङ जाँदै गरेको बस मकवानपुरमा दुर्घटना भएको छ।

वीरगन्जबाट लमजुङ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको यात्रुवाहक बस गएराति पूर्व-पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारमा आफै अनियन्त्रित भएर सडकमै पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गाडीमा १६ जना सवार थिए। तीमध्ये ५ जना घाइतेलाई उपचारका लागि मनहरी अस्पताल पठाइएको छ। घाइतेहरूमा बस चालक सर्लाहीका अन्दाजी ३९ वर्षीय भिमबहादुर विकको टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका-४ का ३० वर्षीय सन्जय तामाङ, पर्साको परवानीपुर नगरपालिका-२३ का ५४ वर्षीय मोहम्मद आजात, बाराको देवताल गाउँपालिका-१ का २३ वर्षीय राजकुमार राम र भारत मोतिहारीका ५२ वर्षीय सुदिर कुमार सामान्य घाइते भएका छन्।उनीहरूलाई मनहरीमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज रेफर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार