काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रूपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर २ लाख ८७ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५५ रूपैयाँ कायम भएकोमा आज ५५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।








