राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन

२०८३ असार २४, बुधबार

काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधि सभाको बैठकमा बोलेका असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए ।

उनको त्यही अभिव्यक्तिका कारण पक्ष विपक्षमा बहस हुँदा प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित पनि भएको थियो ।

स्थगित भएको बैठक सुरु भएपछि सभामुख अर्यालले राईको त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार