काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रूपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ सय ६० रुपैयाँले घटेर ४ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ ।





