धोबीखोलामा हामफालेकी महिलाको बल्खुमा शव फेला

२०८३ असार २५, बिहीबार

काठमाडौँ : काठमाडौँको रातोपुल र कालोपुलको बिचबाट धोबीखोलामा हामफालेकी महिला मृत अवस्थामा भेटिएकी छन् । बिहीबार दिउँसो ४ बजेतिर करिब ३५ वर्षीया महिलाले धोबीखोलामा हाम फालेकी थिइन् ।

खोजतलास गर्दा उनको शव बल्खुस्थित कुमार क्लब नजिक बागमतीको किनारमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले  बताए।  प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार