काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ७ सय रूपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ४० रूपैयाँ कायम भएकोमा आज १ सय ७० रुपैयाँले बढेर ४ हजार ५ सय १० रुपैयाँ कायम भएको छ ।








