महावीर दाई, नियम जनता बचाउने बनाउनुपर्छ : साम्पाङ

२०८३ असार २७, शनिबार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनप्रति कटाक्ष गरेका छन्।

ट्राफिक जरिबानाबारे दिएको अभिव्यक्ति विवादित बनेपछि मन्त्री पुनले सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका थिए।

उनले जरिबाना ५० हजार गर्नुपर्ने र तिर्न नसके जेल बस्नुपर्ने बताएका थिए। यो अभिव्यक्ति विवादित भएपछि अध्यक्ष साम्पाङले नियम कानून भनेको जनता बचाउने खालको बनाउनुपर्ने बताए।

उनले भनेका छन्, ‘महावीर दाई, मान्छेको जीवन, जनताको जीवन भन्दा ठुलो हुँदैन के नियम कानून ! नियम कानून भनेको जनता बचाउने खालको बनाउनु पर्छ ! जनता मार्ने खालको होइन ! खोइ कुरा बुझ्या वैज्ञानिक मन्त्रीले भन्या !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार