काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले किर्तिपुरमा होल्डिङ सेन्टरमा पुगेका जेनजी अगुवाहरुलाई पक्राउको विरोध गर्दै उनीहरुरुको रिहाइको माग गरेका छन् ।
सुकुम्बासीमाथि आइपरेको अहिलेको विपत्तिको कारक वर्तमान सरकार भएको भन्दै बस्नेतले सरकारलाई सम्हालिनसमेत सुझाव दिएका छन् ।
बस्नेतले भने, ‘हिजोको सरकार र आजको सरकारमा फरक देखिएन भने हिजोको सरकारको जस्तै आजको सरकारको बेहाल हुन बेर लाग्दैन । सत्ताको उन्माद छोडेर नागरिकको सरकार बन्ने प्रयत्न गर्नु नै सरकारको लागि श्रेयष्कर हुन्छ । जनतामाथि संकट बढ्नु भनेको सत्तामा संकट निम्तिनु यो कुरा हेक्का होस् ।’
सत्तामा अहिले अनाधिकृत व्यक्तिहरुको रजगज चलेको भनेर सर्वत्र विरोध भइरहेको छ, सरकारले सत्ता शक्तिको दुरुपयोग नगरोस्, उनले भने । गरिबमारा नीति छोडेर गरिबका लागि नीति बनाउन सरकारलाई उनको आग्रह छ ।








