सरकार जनतामा आशा जगाउन असफल : घिसिङ

२०८३ असार २७, शनिबार

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘जेनजी’ आन्दोलनपछि बनेको करिब दुईतिहाइ बहुमतको सरकारबाट जनताले ठूलो सामाजिक र आर्थिक परिवर्तनको आशा गरे पनि विश्वास जगाउन असफल भएको बताएका हुन् ।

आमजनता, विशेष गरी गरिब र निमुखा वर्गमा निराशाको वातावरण बढ्दै गएको उनले उल्लेख गरे । मुगुका गणेश नेपालीको आत्मदाह लामो मानसिक तनाव र प्रणालीगत असफलताको परिणाम भएको उनले बताए ।

उनले अहिले व्यक्तिगत र सरकारी दुवै तहमा नागरिकप्रतिको जिम्मेवारीको अभाव देखिएको टिप्पणी गरे । उज्यालो नेपाल पार्टीले धनी र गरिबबीचको खाडल कम गर्न विशेष विकास मोडल अघि सारेको उनले बताए ।

उक्त मोडलको मुख्य आधार ‘हरित क्रान्ति’ भएको उनले सुनाए । उनले जलविद्युत्, कृषि र पर्यटनजस्ता स्रोतको सदुपयोग गर्दै आर्थिक रूपान्तरण गर्ने लक्ष्य राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार