कर्णाली करिडोरअन्तर्गतको खच्चा सडकखण्ड अवरुद्ध

२०८३ असार २८, आईतवार

हुम्ला : अविरल वर्षाका कारण हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा नजिकै डौँठाखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

कर्णाली करिडोरअन्तर्गतको उक्त सडकखण्ड शनिबार अपराह्नमा परेको अविरल वर्षाले पहिरो खसेपछि अवरुद्ध भएको हो । माथिबाट आएको लेदोसहितको बाढीका कारण सडक अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए । उक्त सडकखण्ड अवरुद्ध हुँदा दुवैतर्फको सवारीसाधन रोकिएका छन् ।

सडक खुलाउने प्रयास भइरहेको उनले बताए । वर्षाले सडक अवरुद्ध हुँदा जिल्ला बाहिरबाट सदरमुकाम सिमकोटसहित आसपासमा भित्रिने तथा बाहिरिने मालवाहक ट्रक, बोलेरो जिपलगायत अन्य सवारीसाधन रोकिएको र केही सवारीसाधन सोही ठाउँबाटै फिर्ता भएका छन् । सडक पूरै पहिरोका कारण केही भाग पुरिएकाले आवतजावत ठप्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार