काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर२ लाख ८८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय १० रूपैयाँ कायम भएकोमा आज ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ ।








