काठमाडौँ : नेपाल प्रहरीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, बाँके, कञ्चनपुर, मोरङ, सिराहा, सुनसरी, चितवन, झापा, महोत्तरी, बर्दिया र रोल्पाबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूको साथबाट ट्रामाडोलका ७२ हजार ९ सय ट्याब्लेट, खैरो हेरोइन, ब्राउनसुगर, गाँजालगायत विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। लागूऔषध ओसारपसारमा प्रयोग भएका केही सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।





