गणेश नेपालीको मोटरसाइकलमा लक लगाउने नगर प्रहरीलाइ सोधपुछपछि छाडियो

२०८३ असार २८, आईतवार

काठमाडौं : आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने नगर प्रहरीमाथि कुनै जाहेरी नपरेपछि छुटेकी छन् । उनीमाथि कुनै मुद्दा चलाइएको छैन ।

बिहीबार त्रिपुरेश्वरमा आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएपछि गणेशले महानगर प्रहरीकी एक महिलासँग विवाद गरेका थिए । त्यसपछि उनले आफ्नै मोटरसाइकलको ट्याङ्कीको पेट्रोल शरीरमा छर्किएर आगो लगाएका थिए ।

जिल्ला प्रहरी परिसर, भद्रकालीले ती महिलासहित महानगर प्रहरीका पाँचजनालाई शुक्रबार सोधपुछका लागि कार्यालयमा झिकाएको थियो । त्यही दिन नेपालीको उपचारका क्रममा निधन भएको थियोे । निधनपछि प्रहरीले तीमध्ये तीन जनालाई नियन्त्रणमा लिएको जनाएको थियोे ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हालसम्म मृतकको परिवारले कोही-कसैलाई इङ्गीत गर्दै आत्महत्या दुरुत्साहन जाहेरी वा निवेदन नदिएकाले उनीहरुलाई छाडिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार