बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

२०८३ असार २८, आईतवार

चितवन : बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन्। पक्राउपर्नेमा खैरहहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो। श्रेष्ठले बालिकालाई शारीरिक सम्बन्ध कायम राख्नका लागि रु ५० हजार दिन्छु भन्दै प्रलोभन देखाएका थिए।

उनले बालिकाको संवेदनशील अङ्गहरु छुने, बालिकाको ह्वाट्सप, इन्सटाग्रामलगायत सामाजिक सञ्जालमा सन्देश तथा भिडियो पठाउने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिए। श्रेष्ठलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार