घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ असार २९, सोमबार

काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रूपैयाँ कायम भएकोमा आज २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ७५ रूपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार