काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

२०८३ असार २९, सोमबार

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाका प्रमुख नदी तथा खोलाहरूमा बाढी बढिरहेको जनाउँदै नदी आसपासका बासिन्दा र नदी करिडोर प्रयोग गर्ने सर्वसाधारणलाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले सोमबार बेलुका जारी गरेको सूचनाअनुसार बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनोहरालगायतका नदी तथा खोलामा जलसतह बढिरहेको छ। आज राति पनि थप वर्षा हुने पूर्वानुमान रहेकाले बाढीको जोखिम बढ्न सक्ने विभागले जनाएको छ।

विभागले नदी आसपास तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र नदी करिडोर भएर यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

साथै, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न विभागले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार