सङ्खुवासभाबाट गाँजासहित एक जना पक्राउ

२०८३ असार २९, सोमबार

सङ्खुवासभा : खाँदबारीबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

खाँदबारी नगरपालिका–८, अर्चलेका स्थानीय ७० वर्षीया रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

मगरले निजको घरमा लागुऔषध गाँजा लुकाइछिपाइ बिक्री–वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा आइतबार पक्राउ गरेर सार्वजनिक गरिएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार