काठमाडौँ : लियोनेल मेस्सीले आफ्नो करिअरमा लगभग सबै उपलब्धि हासिल गरिसकेका छन्।
अर्जेन्टिनाका लागि २०० भन्दा बढी खेल खेल्दै १२५ गोल गरेका मेस्सीले विश्वकप, कोपा अमेरिका र थुप्रै व्यक्तिगत कीर्तिमान आफ्नो नाममा लेखिसकेका छन्। तर, उनले अहिलेसम्म इंग्ल्याण्डविरुद्ध सिनियर अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन्। अब त्यो प्रतीक्षा अन्त्य हुने भएको छ।
स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि मेस्सीले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्।अर्जेन्टिना र इंग्ल्यान्ड २१ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा आमने सामने हुँदैछन् । यी दुई पछिल्लो पटक सन् २००५ मा भिडेका थिए । उक्त मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ३–२ ले विजयी भएको थियो ।
त्यतीबेला मेस्सीले अर्जेन्टिनाको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय करियरको सुरुआत गरिसकेका थिए । तर, डेब्यू खेलमै रातो कार्ड व्यहोरेका कारण उनी इंग्ल्याविरुद्ध मैदान उत्रिन पाएनन् । लामो समयको प्रतिक्षापछि मेस्सीले सबैभन्दा ठूलो प्रतिद्वन्द्वीमध्ये एक इंग्ल्यान्डको सामना गर्ने अवसर पाएका छन् ।





