खैरो हेरोइन र गाजासहित ४ जना पक्राउ

२०८३ असार ३१, बुधबार

काठमाडौँ : कैलालीबाट खैरो हेरोइन र धनुषाबाट गाजासहित दुई/दुईजना पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–७ जटाशंकर घाटबाट लागुपदार्थ खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ का २४ वर्षीय चिरञ्जीवी बादी र बर्दगोरिया–२ का २५ वर्षीय दिनेश सुनारलाई ४ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन सहित नियन्त्रणमा लिएको टीकापुर प्रहरीले जनाएको छ ।

यसैगरी धनुषाबाट गाजासहित दुई जना पक्राउ परेका छन् ।

धनुषाको नगराइन नगरपालिका–२ नगराइन बजारबाट १५० ग्राम गाजासहित ५५ वर्षीय हेमन मण्डल र जनकपुर बसपार्कबाट गएराति ११ बजे २१ वर्षीय सुभाष कुमार मण्डल ५० ग्राम गाजासहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार