काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज असार ३१ गते बुधबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सफलता पूर्वक सम्पन्न भएको हो ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु सभावाट पारित गरिएको छ । साथै सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालसम्म चुक्ता भएको पूँजी २ अर्ब ३१ करोडको ४.२८५७ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख बराबरको बोनस सेयर तथा सोमा लाग्ने लाभांश कर प्रयोजनाका लागि ०.२२५६ प्रतिशतका दरले नगद लाभांश ५२ लाख १० हजार ५२६.३२ रूपैयाँ वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ ।
बोनस सेयर जारी पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड पुग्ने छ । कम्पनीले २०८३ साल जेठ मसान्तसम्म कम्पनीको शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउण्टर र प्रादेशिक कार्यालयहरुको समायोजन गरी हाल प्रधान कार्यालय तथा प्रादेशिक कार्यालय समेत १०४ वटा शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउण्टरबाट बीमा सेवा प्रदान गर्दै आएकोे छ ।





