‘कच्चा खेल’ नखेल्न सरकारलाई राईको आग्रह

२०८३ असार ३१, बुधबार

काठमाडौं : एमालेका सांसद राजेन्द्र राईले अस्थायी र करारका कर्मचारीलाई निकाल्न नहुने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले अस्थायी र करार कर्मचारीको जीवन सोही ठाउँमा बितेको बताए । “अस्थायी र करारमा रहेका कर्मचारीलाई निकाल्नु हुँदैन । उहाँहरूको जीवन यही ठाउँमा बितेको छ ,” उनले सरकारलाई आग्रह गर्दै भने, “थुप्रै मान्छे रोजगारका निम्ति बाहिर गइरहेका बेलामा रोजगार पाइरहेका हाम्रा नेपाली दाजुभाइलाई नै निकाल्न थाल्यौं भने परिस्थिति झन जटिल बन्छ ।”

सांसद राईले बिनातयारी सुकुम्वासी निकाल्दा समाधान गर्न सरकारलाई धौ–धौ परेको बताए । “अस्थायी र करारका कर्मचारीलाई निकाल्यौं भने झन जटिल हुन्छ । यो समाधान गर्न गाह्रो हुन्छ,” उनले भने । राईले ‘कच्चा खेल’ नखेल्न सरकारलाई आग्रह गरे । अस्थायी र करारका कर्मचारी सिंहदरबारमा नै विरोधमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार