टिपरले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु

२०८३ असार ३१, बुधबार

काठमाडौँ : झापाको बिर्तामोडमा टिपरले ठक्कर दिँदा एक पैदलयात्री वृद्धाको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बिर्तामोड–३ की ७० वर्षीया लिलामाया बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार उनलाई मंगलबार साँझ ६ः३५  बजेको समयमा  बिर्तामोड–३ स्थित दृष्टि आँखा अस्पताल अगाडि बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–००१ प १०१३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

घाइते बुढाथोकीको उपचारको क्रममा बीएण्डसी अस्पतालमा आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले टिपर र चालक कचनकवल गाउँपालिका–५ का २१ वर्षीय जावेद आलमलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार