जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी पक्राउ

२०८३ असार ३२, बिहीबार

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय धनगढीबाट फरार रहेका एक जना कैदीबन्दी पक्राउ परेका छन्।

जिल्लाको बर्दगोरीया गाउँपालिका–२ बौनियागाउँका ३१ वर्षीय राधेश्याम चौधरी पक्राउ परेका हुन्।

उनी भदौ २४ गते जेनजी आन्दोलनको असहज परिस्थितिको फाइदा उठाँदै जेल तोडेर भागेका थिए।

लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका उनी बुधबार जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरहवाबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।

पक्राउ पछि अदालतको आदेशले उनलाई पुन: कारागार कार्यालय धनगढीमा पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार