काठमाडौँ : पूर्वमन्त्री फत्तेमानसिंह थारूको ८८ वर्षको उमेरमा निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता थारूको बिहीबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। थारू २०४० सालमा शिक्षामन्त्री बनेका थिए।
नेपालगञ्जका थारू राजनीतिसँगै सामाजिक कार्यमा पनि संलग्न थिए। उनका छोरा तारकसिंह थारू राप्रपामा संलग्न छन् भने छोरी शिवानीसिंह थारू साहित्यकार एवं सञ्चारकर्मी हुन्।





