नेकपा नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात

२०८३ असार ३२, बिहीबार

काठमाडौं : नेकपा (एमाले) की वरिष्ठ नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि पाटन अस्पतालमा भर्ना गरिएको छ।

पारिवारिक स्रोतका अनुसार बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल पाटन अस्पताल लगिएको हो। अस्पतालमा उपचारपछि उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ।

अस्पतालको मुटुरोग विभागका प्रमुख डा. अशोक अधिकारीका अनुसार, नेत्री शाक्यलाई बिहीबार बिहान छाती दुखेका कारण अस्पताल ल्याइएको थियो । परीक्षणबाट हार्ट अट्याक (एक्युट मायोकोर्डियल इन्फरक्सर्न) देखिएकाले एन्जियोप्लास्टी गरिएको हो । शल्यक्रियामा डा. अधिकारी, डा. प्रबिन्द्र महर्जन, डा. आनन्द जिसीको टोली संलग्न थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार