कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

२०८३ असार ३२, बिहीबार

काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

प्रदेशसभाका १६ जना सदस्यले बिहीबार प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा १८८(४) तथा कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम १५२ (२) बमोजिम लिखित रूपमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास गुमाइसकेको उल्लेख गर्दै उनलाई पदबाट हटाउन माग गरिएको छ । साथै, नेपालको संविधानको धारा १८८ (५) बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ ।

अविश्वास प्रस्तावमा प्रस्तावकका रूपमा नेकपाका दल नेता मंगलबहादुर शाही, राजकुमार शर्मा, कृष्णबहादुर जिसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कीत लामा (कार्की), वीरबहादुर शाही, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का रोका, रणसिंह परियार, हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र कृष्णकुमार बिसीको हस्ताक्षर छ ।

4374-1784202639.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार