काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा विभागले मुद्दा दायर गरेको हो।उनीसहित ६ जना व्यक्ति र १० कम्पनीविरूद्ध मुद्दा दायर गरिएको हो। पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। साथै विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न समेत मागदाबी गरेको हो।
सम्पत्ति शुद्धीकरणकै कसुरमा पुर्पक्षका लागि थुनामा रहेका दिपक भट्टसँग कनेक्सन देखिएको भन्दै असार ८ गते पौडेललाई पक्राउ गरिएको हो।भट्टको एकल नियन्त्रणमा रहेको हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिले श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत सेयर किनबेच गरेको विषयमा पौडेललाई जोडेको हो।





