काठमाडौँ : बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
ग्राउण्ड ह्याण्डलिङ स्टाफ रहेकी पत्नीलाई कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले बताए । उनलाई प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा राखिएको छ ।





