जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ सहभागी

२०८३ श्रावण १, शुक्रबार

काठमाडौँ : नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ सर्वसाधारण सहभागी भएका छन् । इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन राजधानीमा रथयात्रा गर्दै आएको छ ।

द्वापर युगमा गोपिनीहरूले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका अध्यक्ष प्रदीप भण्डारी (परमेश्वर अच्युतदास)ले राससलाई जानकारी दिए । आजका दिन नेपालसहित १६५ देशमा यो यात्रा भइरहेको पनि उनले बताए ।

जगन्नाथ रथयात्रा कमलादीबाट पुतलीसडक, भृकुटीमण्डप, शहीदगेट, नेपाल वायुसेवा निगम, न्युरोड हुँदै खुलामञ्चमा पुगेर समापन गरिएको उनले बताए । समापनपछि टुँडिखेलमा प्रसाद पनि वितरण गरिएको थियो । रथयात्रामा हजारौँ सर्वसाधारण उत्साहका साथ सहभागी भएका थिए ।

नेपालमा फरकफरक दिन वर्षमा एकपटक ११ स्थानमा जगन्नाथ रथयात्रा हुने गरेको छ । बौद्ध, पोखरा, विराटनगर, धरान, इटहरी, राजविराज, जनकपुर, वीरगञ्जलगायत स्थानमा जगन्नाथ रथयात्रा गर्ने गरिएको इस्कोनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार