पाथीभरामा एक वर्षमा चार करोड भेटी संकलन

२०८३ श्रावण १, शुक्रबार

काठमाडौँ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आर्थिक वर्ष ०८२/८३ मा भक्तजनले चढाएको भेटीबाट चार करोड ३४ लाख ३ हजार ८ सय ५५ रुपैयाँ संकलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार सो अवधिमा दुई लाख ५२ हजार ९ सय ७ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन्। समितिले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी भेटी वैशाख महिनामा संकलन भएको छ। वैशाखमा मात्रै एक करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन हुँदा ५२ हजार २ सय २८ जना दर्शनार्थी पाथीभरा पुगेका थिए।

चैत महिनामा ५८ लाख ४४ हजार ४ सय रुपैयाँ भेटी संकलन भएको छ भने ४५ हजार १५ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्। जेठ महिनामा ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी संकलन हुँदा ५ हजार ३ सय ६० जना दर्शनार्थी पुगेका छन्।

असोजमा ३३ लाख ५७ हजार रुपैयाँ, कात्तिकमा ३४ लाख ४४ हजार ४ सय रुपैयाँ, मंसिरमा ७५ लाख ४९ हजार ९ सय रुपैयाँ, पुसमा २४ लाख २५ हजार रुपैयाँ, माघमा १५ लाख ४७ हजार ४ सय रुपैयाँ, फागुनमा ३१ लाख ९० हजार रुपैयाँ र साउनमा १० लाख ३२ हजार रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ।

समितिका निर्देशक प्रजिन हाम्वाडका अनुसार आर्थिक वर्ष ०८२/८३ को असार महिनामा ३२ लाख ७२ हजार ६ सय ५५ रुपैयाँ भेटी संकलन भएको छ। सो महिनामा ११ हजार १ सय ५७ जना दर्शनार्थीले पाथीभराको दर्शन गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार