काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले केही दिनअघि जेनजी अभियन्ता माजिद अन्सारीमाथि कीर्तिपुरमा भएको प्रहरी आक्रमणबारे भन्दै अत्यारको पराकाष्ट भएको बताए ।
‘एकजना अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गए, त्यहाँ अवलोकन गर्न गए बापत प्रहरी अत्याचारको पराकाष्ट भएको छ । लछारपछार गर्ने प्रकारका क्रियाकलाप भए,’ ओलीले भने, ‘त्यस्तो हुन हुँदैन भनेर विराटनगरमा प्रदर्शन गरे । शान्तिपूर्ण ढंगले विरोध जनाउन पनि नपाउने । यस्तो तानाशाशी भन्दा बढी तनाशाही फासिजमको तरिकामा अहिलेको सरकार छ ।’





