काठमाडौं : एमाले उपाध्यक्ष विष्णु पौडेल २५ दिन थुनामा बसेर छुटेका छन् । उनलाई आज विशेष अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
साउन २८ गतेको तारेख लिएर एमाले उपाध्यक्ष पौडेल विशेष अदालतबाट बाहिरिएका हुन्। विशेष अदालतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको थियो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार सुनुवाइ गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो।
‘विष्णुप्रसाद पौडेलको सम्बन्ध, संलग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न नसकेको, आरोपदाबीको कसुरमा यी प्रतिवादीले इन्कार रही बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दिपक भट्टको वित्तिय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेत अवस्था हुँदा उल्लिखित प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को (ग)को अवस्था विद्यमान रहेको देखियो,’ आदेशमा भनिएको छ।





