काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय २० रूपैयाँ कायम भएकोमा आज ५० रुपैयाँले बढेर ४ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।





