मुख्यमन्त्री शाहद्वारा सक्रिय सदस्यता अध्यावधिक

२०८३ श्रावण ५, मंगलवार

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसको सक्रिय सदस्यता अध्यावधिक गरेका छन्।

कांग्रेसभित्र शेरबहादुर देउवा पक्षसँग निकट मानिने शाहले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट आफ्नो सक्रिय सदस्यता नवीकरण गरेका हुन्।

कांग्रेस स्रोतका अनुसार शाहले साउन ३ गते नै सदस्यता अध्यावधिक गरेका थिए। उनको सक्रिय सदस्यता (एनसीआईडी) ७६३७४९१ रहेको छ। कांग्रेसले सदस्यता अध्यावधिकको समयसीमा पटक–पटक थप्दै गएपछि उनले सोमबार प्रक्रिया पूरा गरेका हुन्।

शाह विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै आएका नेतामध्ये एक हुन्। अदालतबाट आएको निर्णयपछि भने उनले गगन थापालाई सभापतिका रूपमा स्वीकार गरेको बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार