एमालेसँग मिलेर प्रदेश सरकार बनाउन प्रचण्डको निर्देशन

२०८३ श्रावण ५, मंगलवार

काठमाडौं : नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सरकार गठन र सञ्चालनका लागि नेकपा एमालेसँग सहकार्यको वातावरण मिलाउन प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् ।

श्रीलंका भ्रमणबाट फर्किएपछि राजनीतिक भेटघाट र समीकरणको कसरतमा जुटेका दाहालले काठमाडौं आएका प्रदेश तहका मुख्य नेताहरूसँगको छलफलमा यस्तो निचोड सुनाएका हुन् ।

नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालका अनुसार प्रदेशलाई मध्यावधि चुनावमा जानबाट रोक्न र राजनीतिक निकास दिन एमालेसँग गठबन्धन गरेर जानुपर्ने बाध्यकारी अवस्था आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार