सर्वोच्च अदालतले स्थापना गर्‍यो न्यायिक सुशासन केन्द्र

२०८३ श्रावण ५, मंगलवार

काठमाडौँ : सर्वोच्च अदालतले पनि सेवाग्राहीको गुनासो सुन्न न्यायिक सुशासन केन्द्र स्थापना गरेको छ। न्यायपालिकामा सुशासन, जबाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्नका लागि सर्वोच्चले केन्द्रको स्थापना गरेको हो।

यसका लागि अदालतले कार्यविधि बनाएर फुलकोर्टबाट पारित गरेको प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ। न्यायालयबारे विभिन्न खालका गुनासा विभिन्न ठाउँमा जाने गर्छन्। अहिले न्यायालयका कतिपय गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत जाने गरेको छ। यस्ता गुनासालाई पनि एकीकृत प्रणालीमार्फत सम्बोधन हुने गरी सर्वोच्चले केन्द्र बनाएको हो।

केन्द्रमा केही कर्मचारीहरू रहेर काम गर्न थालिसकेका छन्। यसअघि सेवाग्राहीको गुनासो सर्वोच्च अदालतका प्रधानन्यायाधीश सचिवालयले सुन्दै आएको थियो। त्यसलाई अझ प्रभावकारी, एकीकृत र छरितो गर्न केन्द्र स्थापना भएको सचिवालयले जनाएको छ।

सर्वोच्चले टोल फ्रि नम्बर १६६०-०१-३३३-५५ राखेको छ, जहाँ सेवाग्राहीले आफ्ना गुनासा राख्न सक्छन् [email protected] मा इमेल गरेर पनि गुनासो सुनाउन सकिन्छ। ह्वाट्सएप नम्बर र भाइबर नम्बर ९७६८५७००५५ बाट पनि गुनासो गर्न सकिने सर्वोच्चले जनाएको छ।

केन्द्र हालसालै स्थापना भए पनि यी सम्पर्क नम्बर सर्वोच्चले यसअघि पनि सञ्चालन गर्न थालिसकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार