नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य

२०८३ श्रावण ५, मंगलवार

काठमाडौँ : आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियाविरुद्ध कमजोर ब्याटिङ गरेको छ। नेदरल्यान्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा अलआउट हुँदा मात्र १५७ रन जोड्न सक्यो।

कप्तान रोहित पौडेलले सर्वाधिक ३१ बनाउन ६० बल सामना गरे। दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ३० रन जोडे। आक्रामक ब्याटिङ गरेका करण केसीले १५ बलमा १८ रन जोडेर पेभेलियन फर्किँदा आरिफ शेख पहिलो बलमै आउट भए। ओपनर कुशल भुर्तेलले दुई तथा नन्दन यादव र सन्दीप लामिछाने (नटआउट)ले समान एक रन जोडे।

नामिबियाका जेजे स्मिथ एक्लैले एक मेडनसहित ६ विकेट लिँदा ज्याक ब्रसेल र बर्नाड स्कल्चले समान दुई विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार