धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

२०८३ श्रावण ६, बुधबार

तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा सिमखर्कमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार घरायसी विवादका क्रममा ५१ वर्षीया रूपा लिम्बूको हत्या भएको हो ।

बुधबार बिहान १०:४० बजेको समयमा उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । तेह्रथुमका प्रहरी निरीक्षक खेमबहादुर खत्रीका अनुसार धारिलो हतियार प्रहारबाट रूपाको घटनास्थलमै मृत्यु भएको हो ।

त्यामा संलग्न आरोपित ३८ वर्षीय कृष्णबहादुर लिम्बू भने फरार रहेका छन् । उनको खोजीका लागि घटनास्थल र वरपरको क्षेत्रमा इलाका प्रहरी कार्यालय आठराई र चुहानडाँडा प्रहरीचौकीबाट प्रहरी परिचालन गरीएको खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार