कांग्रेसमा हुकुमी शासन स्वीकार्य हुँदैन : शेखर कोइराला

२०८३ श्रावण ६, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर हुँदा देश अराजकतातिर गइरहेको बताएका छन्।

इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै निरंकुशता र हुकुमी शासन बढेको उनको भनाइ छ।

उनले सरकार फेसबुक स्टाटसको भरमा चलेको आरोप लगाए।

उनले भने,’संसद छ कि छैन सांसदहरुलाई थाहा छैन। के हुँदैछ थाहा छैन। नेपाली कांग्रेस पनि हुकुमी शासनको हिसाबले चलिरहेको छ। वडा सभापतिहरुलाई बिनास्पष्टीकरण निकालिएको छ। त्यो हामीलाई सैह्य हुन सक्दैन।’

सभापति गगन थापाले पार्टी सदस्यता अध्यावधिक नगर्नेलाई पार्टी जिम्मेवारीबाट हटाएका थिए। त्यो कुरा स्वीकार्य नभएको शेखरले चेतावनी दिए।

उनले कांग्रेसभित्र निरंकुशताको जन्म भएको भन्दै त्यसको अन्त्य गरेर जानुपर्ने बताए। सभापतिले एकताको कुनै पहल नगर्दा हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सभापतिले नै लिनुपर्ने बताए। उनले बिपीको विचारलाई सम्झिँएर अरुको इसारामा नहिँड्न सभापति थापालाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार