माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

२०८३ श्रावण ८, शुक्रबार

गण्डकी : काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा आज दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

गण्डकी प्रदेश०१-००१ख ०१७१ नम्बरको माइक्रोबस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परेको माइक्रोबसमा चालकसहित १२ जना यात्रु सवार रहेकामा चार जना सकुशल रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार