काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, वाम एकता र सत्ता समीकरणको वरिपरि केन्द्रित हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्थाका लागि प्रदेश निर्वाचनसँगै जनमतसंग्रह गराउन संघीय संसदमा प्रमुखसहित २२५ सांसदको समर्थन आवश्यक पर्ने भएकाले नेकपा (माओवादी केन्द्र) लाई साथमा लिनुपर्ने बताएका छन्।
ढकालले वामपन्थी शक्तिहरूबीच एकता भए यस्तो योजना सफल हुन कठिन हुने भन्दै अबको राजनीतिमा वाम एकता रोक्ने प्रयास तीव्र हुने बताएका छन्।
ढकालले वाम एकता रोक्न नसकिए वर्तमान सत्ता २०८६ सालसम्म पर्खिने अवस्थामा नरहेको भन्दै त्यसपछि ‘प्लान बी’ कार्यान्वयन हुन सक्ने बताएका छन् । उनले उक्त ‘प्लान बी’ के हो भन्नेबारे भने खुलाएका छैनन्।






